रवीन्द्र मिश्रको प्रस्तावमा गोकुल बास्कोटाको समर्थन
काठमाडौं- विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव ल्याएपछि यसले देशव्यापी तरङ्ग ल्याएको छ ।
यसबारे अहिले राजनीतिक वृत्तमा बहस र चर्चा भैरहेको छ । कसैले पक्षमा वकालत गरिरहेका छन् भने धेरैजसो उनको प्रस्तावको विपक्षमा उभिएका छन् यस्तैमा नेकपा एमाले ओली समुहका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले भने रवीन्द्रको प्रस्तावमा समर्थन जनाएका छन् ।
बास्कोटाले मंगलबार सामाजीक संजालमा लेख्दै संघियता र धर्मनिरपेक्षताबारे पुनर्विचार गर्नुपर्ने बताएका छन् । नेता बाँस्कोटाले यसअघि पनि संघीयताको बिषयमा प्रश्न उठाएका थिए । उनले जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र संघियता र धर्मको एजेण्डा खुसुस्क घुसाइएको बताएका छन् ।
‘संघीयतामा कुनै देश किन गए ? हामीले आर्थिक, सामाजिक, सांस्कृतिक,भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमी हेरेनौं। जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाईयो।’ उनले लेखेका छन् ।