मन्त्री थप्ने तयारीमा देउवा: माओवादीबाट मन्त्री बन्नेको लिष्ट बालुवाटार पुग्यो - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

मन्त्री थप्ने तयारीमा देउवा: माओवादीबाट मन्त्री बन्नेको लिष्ट बालुवाटार पुग्यो



काठमाडौं- सरकार गठन गरेको लामो समय हुँदासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको आरोप लागिरेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌ विस्तार तयारी थालेका छन्।

कतिपय महत्वपूर्ण मन्त्रालयमा समेत मन्त्री नियुक्त गर्न नसकेपछि आलोचित बनेका प्रधानमन्त्रीले आज मंगलबार केही मन्त्री थप गर्न लागेका बालुवाटार स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार माओवादी केन्द्र र समाजवादी पार्टीबाट केहि मन्त्रीहरूलाई आजै नियुक्तो गर्ने तयारी देउवाले गरेका छन्‌। माओवादीबाट मन्त्री बन्नेको नामावली पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुझाईसकेको बताइएको छ ।

समाजवादीको भने आज बैठक बोलाइएको र बैठकबाट टुंग्याउने तयारी भईरहेको बताइएको छ । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले मन्त्रिपरिषद्‌लाई हालसम्म ६ सदस्यीय मात्रै बनाउन सकेका छन्‌ ।

देउवाले ​२९ गते आफूसँगै चार मन्त्रीलाई शपथ गराएका थिए। त्यसपछि देउवाले गत आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए। मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

प्रचण्डले माओवादी कोटाबाट मन्त्री बन्नेको लिष्ट देउवालाई बुझाएका छन् ।