मुख्यमन्त्री पोखरेलको सरकार ढल्दै - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

मुख्यमन्त्री पोखरेलको सरकार ढल्दै



लामो समयदेखि तनावमा रहेको लुम्बिनी प्रदेश सरकार र मुख्यमन्त्री शंकर पोखरेलको पद जाने देखिएको छ । जनता समाजवादी पार्टी जसपा यादव पक्षले दलको आधिकारिकता मान्यता पाएसँगै एमाले नेतृत्वमा रहेको लुम्बिनी सरकार संकटमा परेको छ ।

जसपा सरकारबाट अलग हुनासाथ शंकर पोखरेल नेतृत्वको सरकार र मुख्यमन्त्रीको पद अल्पमतमा पर्ने भएको हो । यससँगै असंवैधानिक तरिकाले मुख्यमन्त्री बनेको भन्दै आरोप लागेका पोखरेलको पद जाने पक्का जस्तै भएको छ ।

लुम्बिनी प्रदेशमा हाल कायम ८३ मध्ये ३८ सिट रहेको एमालेले जसपाका ३ सांसदको सहयोगमा सरकार चलाइरहेको छ । जसपाका ६ सांसदमध्ये ठाकुर पक्षमा रहेका ४ जना सरकारमा सहभागी भएका थिए ।

राज्यमन्त्री रहेकी सुमन शर्मा रायमाझीले केही दिनअघि राजीनामा दिएपछि सरकार गठबन्धनमा ४१ सदस्य छन् । बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । यादव पक्षले सरकारमा सहभागी अन्य तीन सांसदलाई पनि तत्काल फिर्ता गरेमा सरकारले बहुमत गुमाउनेछ ।