निर्वाचन आयोगले भन्यो: महन्थ ठाकुर पक्षले अर्को पार्टी दर्ता गर्नु
काठमाडौं- जनता समाजवादी पार्टी जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ। निर्वाचन आयोगले जसपाको आधिकारिकताका यादव पक्षलाई दिएको हो । उपेन्द्र यादव समुहलाई आधिकारिकता दिँदै आयोगले ठाकुर समुहलाई भने अर्को दल दर्ता गर्न आदेश दिएको छ ।
आज आयोगमा उपस्थित ५१ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये बहुमत अर्थात ३४ जना सदस्य यादव पक्षमा सनाखत गरेका थिए । त्यही सनाखतका आधारमा यादव पक्षले आधिकारिकता पाएको हो । ठाकुर पक्षमा १६ जनाले सनाखत गरेका थिए । जेलमा रहेका रेशम चाैधरीले भने आयोग पुगेर तटस्थ बस्ने निर्णय गरेका थिए । आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएको छ ।
निर्वाचन आयोगको सोमबार बसेको इजलासले यस्तो निर्णय गरेको हो । बहुमत यादव पक्षमा देखिएकाले आधिकारिकता दिने फैसला गरेको सचिव सुरेश अधिकारीले जानकारी दिए ।
उनका अनुसार महन्थ ठाकुर पक्षले अब अर्को दल दर्ता गर्नुपर्नेछ ।