चीनमा फेरि ठुलो संख्यामा भेटिन थाले कोरोना संक्रमित
चीनमा फेरि नयाँ’ कोरोना संक्रमित भेटिन थालेपछि सतर्कता बढाईएको छ । कोरोनाको उद्गम स्थल चीनमा पछिल्लो समयमा ठुलो संख्यामा ] नयाँ सङ्क्रमितहरू भेटिन थालेको त्यहाँका संचार माध्यमले बताएका छन् ।
चीनको नेशनल हेल्थ कमिसनले जनाए अनुसार आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएका छन्। ती सङ्क्रमितहरू चीन भित्रैबाट सङ्क्रमणमा परेका पाइएको बताइएको छ।
चीनको जाङ्सु र लियानिङमा ती सङ्क्रमित पाइएको बताइएको छ। ती क्षेत्रहरूमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ सङ्क्रमितहरू देखिने गरेका छन्।
चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरूले जनाएका छन्। आइतबार मात्र चीनमा कोरोना भाइरसका यी सङ्क्रमित भित्रैबाट देखिएका र अरू ३६ जना बाहिरबाट आएका नागरिकमा पाइएको छ।
चीनको युनान प्रान्तमा देखिएका ती ३६ जना बाहिरबाट आएका नागरिक रहेका चिनियाँ अधिकारीहरूले जनाएका छन्।स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ। सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ।
चीनले कोरोना निको भएका नागरिकहरूको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ। यहाँ पछिल्ला हप्ताहरूमा हेलिङजाङ, हेइबेइ, संघाइमा पनि सङ्क्रमित देखिएका छन्।
त्यसैले चीनले विशेषगरी ती क्षेत्रहरूमा निको भएका बिरामीमाथि पनि नजर राख्न थालेको छ र उनीहरूको पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको जनाएको छ।