महन्थ-राजेन्द्रलाई अर्को झट्का: रेशम चौधरीले पनि गरे उपेन्द्रलाई समर्थन - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

महन्थ-राजेन्द्रलाई अर्को झट्का: रेशम चौधरीले पनि गरे उपेन्द्रलाई समर्थन



काठमाडौं- जनता समाजवादी पार्टी नेपालमा महन्थ ठाकुर समुहलाई एकपछि अर्को झट्का लागेको छ । पहिले राजेन्द्र महतो पक्षमा रहेका कार्यकारिणी सदस्य रेशम चौधरीले पनि महन्थ-राजेन्द्रको साथ् छाडेका छन् ।

चौधरीले जेलबाट पार्टीको आधिकारिकतामा हस्ताक्षर नगर्ने अडान लिएपछि निर्वाचन आयोगमै उपस्थित गराइन लागिएको छ । चौधरीले अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्ने बताइएको छ ।

अर्कातिर महन्थ-राजेन्द्र महतोको पक्षमा रहेका राजकिशोर यादव, मनिष सुमन, गोविन्द चौधरीलगायतका नेताहरूले यादव पक्षमा हस्ताक्षर गरेका छन् ।

मनिष सुमनले रेशम चौधरीले पनि यादवको पक्षमा हस्ताक्षर गर्ने जानकारी दिए । राजेन्द्र महतोसँग निकट सम्बन्ध भएका चौधरी पछिल्लो समय रुष्ट थिए । चौधरीले निर्वाचन आयोगका प्रतिनिधिसँग जेलमा सनाखत नगर्ने बताएका थिए ।

चौधरीले आफूलाई आयोगमा लैजाने हो भने सनाखत गर्ने तर जेलबाट सनाखत नगर्ने अडान लिएका थिए । जसपाका अध्यक्ष महन्थ ठाकुर समूहका नेताहरूसँगको छलफलपछि चौधरीलाई आयोगमै ल्याउन लागिएको जसपा नेता केशव झाले बताए ।