ईश्वर पोखरेलले दिए युथ फोर्सलाई यस्तो निर्देशन - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

ईश्वर पोखरेलले दिए युथ फोर्सलाई यस्तो निर्देशन



काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले युथ फोर्सलाई जनताले राम्रो नठान्ने काम नगर्न निर्देशन दिएका छन्।

शनिबार राजधानीमा आयोजित युथ फोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन गर्दै पाेखरेलले युथ फोर्स फरक परिवेशमा गठन भएको भए पनि परिवर्तित परिस्थिति अनुसार काम गर्नुपर्ने बताएका छन्।

परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगार अभियान चलाउने काम गर्नुपर्छ’ पोखरेलले निर्देशन दिए,‘भ्रष्टाचार विरुद्ध पनि अभियान चलाउनुहोस्।’

युथ फोर्स समाजमा आतंक सिर्जना गर्नेलाई तह लगाउन गठन भएको भन्दै पोखरेलले कानुनी शासन मान्ने र कानुन हातमा नदिने स्पस्ट पारे। एमालेले सत्ताबाट बाहिरिएलगत्तै युथ फोर्स ब्यूँताएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल उपस्थित भएका हुन्। त्यसअघि युथ फोर्सले हजारौंको संख्यामा मोटरसाइकल र्‍यालीसहित वृहत मार्चपास गरेको थियो।