जसपा उपेन्द्र समूहको बैठक, दलको नेता फेर्नेबारे छलफल
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक जारी छ ।
केहि बेरअघि सुरु भएको बैठकमा पाँच एजेन्डामा छलफल गरिने सांसद मोहम्मद इस्तियाक राईले बताए ।
उनले समसामयिक राजनीतिक, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन, प्रशिक्षण अभिमुखिकरण, अदालत र निर्वाचन आयोगमा मुद्दाबारे अख्तियारी दिने लगायतका एजेण्डामा छलफल गरिने जानकारी दिए ।
त्यस्तै महन्थ ठाकुर पक्षले पनि कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी भित्रको विवाद र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न एजेण्डा बैठकको रहेका छन् ।