कांग्रेसको तल्लो तहको अधिवेशन स्थगित - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

कांग्रेसको तल्लो तहको अधिवेशन स्थगित



काठमाडौं- नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन स्थगित गरिएको छ।

शनिबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकाे निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले साउन १२ गतेदेखि हुने तल्लो तहका अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।

भदौ १६ देखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनको मिति भने यथावत रहने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

यही साउन १२ गते बिहान सभापति देउवालाई क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन बुझाउनेछन्।

त्यसपछि केन्द्रीय समितिमा छलफल हुने प्रवक्ता शर्माले बताए।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय कुमार गच्छदार, महामन्त्री शशांक कोइराला, सह-महामन्त्री प्रकाश शरण महत, कोषाध्यक्ष सीतादेवी यादव सहभागी थिए।

यस्तै, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महत, गृहमन्त्री तथा प्रमुख सचेतक बालकृष्ण खाँण, प्रवक्ता शर्मालगायत सहभागी थिए।