टिकटकलाई १० करोड ५० लाख बढी जरिवाना - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

टिकटकलाई १० करोड ५० लाख बढी जरिवाना



एजेन्सी- नेदरल्यान्ड्सका तथ्यांक सुरक्षा अधिकारीहरूले बालबालिकाको गोपनीयता उल्लंघन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध सात लाख ५० हजार युरो बराबरको जरिवाना घोषणा गरेका छन्। यो रकम नेपालीमा १० करोड ५० हजार बढी हुन आउँछ ।

नेदरल्यान्ड तथ्यांक संरक्षण प्राधिकरणले भनेको छ, ‘टिकटकको एप स्थापनासम्बन्धी जानकारी अंग्रेजीमा रहेको र डच बालबालिकाले यसलाई सजिलै नबुझ्ने भएकाले उनीहरू झुक्किएका छन्।’

‘टिकटकको व्यवस्थापनले गोपनीयतासम्बन्धी सूचना डच भाषामा नदिएकोले उनीहरूको व्यक्तिगत तथ्यांक कसरी एपले संकलन गर्छ भन्ने आवश्यक जानकारी नपाएको देखिएको छ,’ डिपिएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यो गोपनीयता कानुनको उल्लंघन हो, जुन यो सिद्धान्तमा आधारित छ कि मानिसहरूलाई उनीहरूको व्यक्तिगत तथ्यांक के भइरहेको छ भन्ने बारे स्पष्ट जानकारी दिनुपर्दछ।’ तथ्यांक संरक्षणसम्बन्धी अनुगमनकारी संस्थाले नेदरल्यान्ड्समा तीन करोड ५० लाख टिकटक प्रयोगकर्ता रहेको लोकप्रिय सामाजिक सञ्जालमाथि गत वर्ष अनुसन्धान आरम्भ गरेको थियो। यद्यपि डिपिएले तोकेको जरिवाना तिर्न टिकटकले अस्वीकार गरेको छ।

एएफपीलाई दिइएको विज्ञप्तिमा टिकटकले यसको गोपनीयता नीति र युवा प्रयोगकर्ताको लागि छोटो र बढी पहुँचयोग्य सारांश जुलाई २०२० देखि डच भाषामा उपलब्ध गराएको उल्लेख गरेको छ।

‘डच तथ्यांक संरक्षण प्राधिकरणले यो कुराको समाधानका लागि यसपहिले नै सहमति गरेको दाबी टिकटकले गरेको छ। इयूले टिकटकको आक्रामक विज्ञापन विधिप्रति चिन्ता व्यक्त गर्दै यसलाई सम्बोधन गर्नुपर्ने गत मेमा जनाएको थियो।