ओलीले नेपाललाई अध्यक्ष बनाउने भनेपछि शंकर पोखरेल तनावमा - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

ओलीले नेपाललाई अध्यक्ष बनाउने भनेपछि शंकर पोखरेल तनावमा



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन पनि तयार रहेको खबर सार्वजनिक भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले ओली समूहका नेता शंकर पोखरेल तनावमा परेका छन् ।

केन्द्रीय कमिटि बैठकमा नेता नेपालले गरेको अपराध गिनिज बुकमा लेखिन लायक भएको बताउँदै ओलीले जस्तो अपराध गरेको भएपनि उनलाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका थिए । बाहिर यसको चर्चा भइरहेका बेला नेता शंकर पोखरेल भने ओलीले त्यस्तो नभनेको बताएका छन् ।

ओली समुहका कट्टर नेता मानिने शंकर पोखरेलले माधव नेपाललाई अध्यक्ष बनाउने प्रसङ्ग अहिलेको सन्दर्भमा नभएको बताएका छन् । उनले ओलीले अहिलेको सन्दर्भमा होइन, प्रतिनिधि सभा पुनःस्थापना हुनुभन्दा पहिले को सन्दर्भमा भनेको बताएका छन् ।

त्यतिमात्र होइन शंकर पोखरेलले सामाजिक संजालमा लेखे अनुसार माधव नेपाललाई अध्यक्ष बनाउने वचन अहिले लागू नहुने संकेत गरेका हुन् । यस बिषयमा सबैभन्दा पहिले होइन भनेर खण्डन पनि उनले नै गरेका छन् ।

‘माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली’ शीर्षकको समाचार सेयर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले फेसबुकमा स्टाटस लेखेका छन्, ‘अदालतको फैसलापूर्वको सन्दर्भमा भनिएको कुरालाई आजको सन्दर्भमा भनेको भनेर नराखेको भए हुन्थ्यो।’