माधव नेपाल समूहको निर्णायक बैठक बस्दै - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

माधव नेपाल समूहको निर्णायक बैठक बस्दै



काठमाडौं– नेकपा एमालेको माधव नेपाल पक्षले आफ्नो समुहको बैठक बोलाएको छ। बुधबार बिहान ११ बजे काठमाडौंमा बैठक बस्ने बताइएको छ ।

आज बस्ने बैठकले फाइनल निर्णय गर्ने बताइएको छ । नेताहरूका अनुसार आजको बैठकमा सरकारलाई दिएको समर्थन र भावी रणनीतिका बिषयमा छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिने सबैको सहभागिता हुने बताइएको छ। बैठकले सरकारमा सहभागिता तथा पार्टीमा कसरी अगाडि बढ्ने भन्नेबारे ठोस निर्णय गर्ने ती नेताले जानकारी दिए।

यसअघि आज मंगलबार वरिष्ठ नेता नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरूसँग छलफल गरेका थिए।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकाले देउवाले सरकारमा सहभागी हुन नेता नेपाललाई आग्रह गरिरहेका छन्। प्रधानमन्त्री देउवाले सरकार विस्तार नगर्नुको कारण नेता नेपालको निर्णयको प्रतीक्षा रहेको बताइएको छ।