युवासंघका कार्यकर्ताको प्रदर्शन, माधव नेपालविरुद्ध असभ्य नाराबाजी - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

युवासंघका कार्यकर्ताको प्रदर्शन, माधव नेपालविरुद्ध असभ्य नाराबाजी



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट युवासंघका कार्यकर्ताहरूले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । कार्यकर्ताहरुले बाँदरको मुखुण्डो लगाएर समेत प्रदर्शन गरेका छन्।

युवाहरूले प्रदर्शनमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले नेपाल विरुद्ध असभ्य र अभद्र नारा समेत लगाएका छन्।

प्रदर्शनकारीले एमाले र केपी ओलीको पक्षमा पनि नारा लगाएका थिए। ‘नेकपा एमाले जिन्दावाद’, ‘नेपाली जनताले के भन्छ, केपी ओली ले भन्छ’, ‘अघि बढ केपी बा, साथ दिन तयार छौं’ जस्ता लगाएका थिए।

उनीहरुले सर्वोच्च अदालत र देउवालाई प्रधानमन्त्री बनाउनुअघि गठित विपक्षी गठबन्धनका विरुद्धमा पनि नाराबाजी गरेका थिए।