ओली भेट्न बालकोट पुगे विप्लव - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

ओली भेट्न बालकोट पुगे विप्लव



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

अध्यक्ष ओलीलाई भेट्न आज विधान विप्लव ओली निवास बालकोट पुगेका थिए। भेटमा यस अघि भएका तीन बुँदे सहमतिको कार्यान्वयनका विषयमा छलफल भएको एमाले नेता राजन भट्टराईले बताए।

पछिल्लो समय भेटघाटलाई तिब्र बनाएका विप्लवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।