देउवाले बोलाए मन्त्रीपरिषदको बैठक, मन्त्री पनि थप्ने तयारी - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

देउवाले बोलाए मन्त्रीपरिषदको बैठक, मन्त्री पनि थप्ने तयारी




काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारमा बस्नेगरी सोमबार दिउँसो चार बजेका लागि बैठक बोलाइएको छ।

आइतबार संसदबाट विश्वासको मत पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

मन्त्रिमण्डलमा देउवासहित नेपाली कांग्रेसबाट तीन र माओवादी केन्द्रबाट दुई जना मन्त्री रहेका छन्।

यस्तै प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल विस्तारको तयारी समेत गरेका छन् । गठबन्धनको सहमती अनुसार दलहरूको सिफारिसमा केहि मन्त्री थप्ने तयारी देउवाले गरेको बुझिएको छ ।