देउवाले विश्वासको मत पाउँदा ईश्वर पोखरेललाई छटपटी
काठमाडौं- नेकपा एमालेको सररकार ढलेपछि सत्ताको रस लिएका कतिपय नेताहरूमा अचम्मको छटपटी देखिएको छ । ओलीलाई सत्ताच्युत गरेर प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाएपछि उनीहरू झन् छटपटीएका छन् ।
यस्तै सत्तामा रहंदा बिभिन्न काण्ड गरेर चर्चामा आएका नेकपा एमालेका महासमचिव ईश्वर पोखरेल पनि छटपटीएका छन् । उनले आफ्नो छटपटी सामाजिक संजालमा आक्रोशिको रूपमा पोखेका छन्।
यसलाई उनले लामो समयदेखि जारी अराजनीतिक/अनैतिक भद्दा नाटकको पटाक्षेप भनेका छन्। साथै देखापरेका खलनायक र विदुषकलाई राम्रोसँग चिन्न आह्वान पनि गरेका छन्।
‘केही पात्रहरूद्वारा केही समयदेखि जारी अराजनीतिक/अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ,’ देउवाले विश्वासको मत पाएको रात आइतबार एमाले महासमचिव पोखरेललले सामिाजक सञ्जालबाट आक्रोश पोखेका छन्, ‘कलाकारका रूपमा बाहिर देखापरेका खलनायक र विदुषकबारे भ्रममा नपरौं। सबैले राम्ररी चिनौं।’