माधव नेपाल भन्छन्: ओली प्रवृत्तिको अन्त्य, जनताको जित भयो - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

माधव नेपाल भन्छन्: ओली प्रवृत्तिको अन्त्य, जनताको जित भयो



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेपछि जनताको जित भएको प्रतिक्रिया दिए ।

उनले आजको मत परिणामबाट संविधान जोगिएको बताए । नेता नेपालले ओली प्रवृत्तिका बिरुद्ध ठुलो उपलब्धि बहेको समेत बताएका छन् ।

पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेपालले भने, ‘संविधान जोगियो, संविधान निर्माताको भावनाको सम्मान भयो । निरंकुश प्रवृत्तिमाथि अंकुश लाग्यो । सर्वोच्चको ऐतिहासिक फैसलाको हामीले उचित कदर गरेका छौं । यो जनताको जित हो, लोकतन्त्रको जित हो र संविधानको जित हो ।’