विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाई
काठमाडौं । विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले बताएका छन् ।
नागरिक तहको सम्बन्धलाई थप प्रगाढ बनाउँदै देउवा सरकारसँग भारत मिलेर अगाडि बढ्न चाहेको कुरा मोदीले उल्लेख गरेका छन् । साथै, विभिन्न क्षेत्रलाई थप सुद्धढ बनाउने चाहना पनि मोदीले व्यक्त गरेका छन् ।
देउवाले विश्वासको मत लिएको घोषणा लगत्तै मोदीले ट्वीटमार्फत बधाई दिएका थिए । देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिएका थिए ।