देउवाले पाए १ सय ६५ मत - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

देउवाले पाए १ सय ६५ मत



काठमाडौं- केहिदिन अगाडी सर्वोच्च अदालतले प्रधानमन्त्रीबाट सत्ताच्युत गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीको भविष्यबाणी फेल खाएको छ । ओलीले पार्टीको बैठकमा देउवाले विश्वासको मत नपाउने ठोकुवा गर्दै यो सरार धेरैदिन नटिक्ने बताएका थिए ।

तर पुनर्स्थापना पछि बसेको प्रतिनिधि सभाको पहिलो बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बनेका देउवाको पक्षमा बहुमत सांसदले मत दिएका छन् ।

सर्वोच्च अदालतले दोस्रोपटक संसद पुनर्स्थापना गर्दै देउवालाई बहुमत सांसदहरूको समर्थन रहेकाले प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि यहि असार २८ गते प्रधानमन्त्री बनेका देउवाले विश्वासको मत पाएका हुन् ।

देउवाको पक्षमा १ सय ६५ जना सांसदले मतदान गरेका छन्।