ओली टुप्लुक्क आए, देउवासँग हात मिलाए - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

ओली टुप्लुक्क आए, देउवासँग हात मिलाए



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन निर्वाचन हुनै लाग्दा संसदमा टुप्लुक्क आइपुगेका छन् ।

ओलीले देउवालाई बधाई दिंदै हात समेत मिलाएका छन् विश्वासको मतसम्बन्धी प्रस्तावमा मतविभाजन सुरु हुनै लाग्दा प्रतिनिधिसभाको बैठकमा प्रवेश गरेका ओलीले देउवासंग हात मिलाएरै बधाई दिएका हुन् ।

प्रधानमन्त्री देउवाले संसदमा आइतबार राति विश्वासको मत लिँदैछन्। नेपाल पक्षका १५ सांसदहरु पक्ष वा विपक्षमा मत नदिने निर्णय गरी संसद भवनबाट बाहिरिएका छन्।

जनता समाजवादी पार्टीका दुवै समूहले देउवाका पक्षमा मतदान गर्ने निर्णय गरिसकेकाले देउवाले विश्वासको मत पाउने निश्चित छ। बैठकमा प्रवेश गरेलगत्तै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले प्रधानमन्त्री देउवा बसेकै स्थानमा पुगेर बधाई दिएका थिए ।