विभाजित भयो माधव नेपाल समूह - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

विभाजित भयो माधव नेपाल समूह



काठमाडौं- प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया चल्दै गर्दा नेकपा एमालेको माधव नेपाल समुह विभाजित बनेको छ । देउवाको पक्षमा मत नहाल्ने भन्दै धेरैजसो सांसदहरू हलबाट बाहिरिएका छन् ।

सांसदहरूले राजेन्द्र महतो र महन्थ ठाकुर जस्ता प्रतिगामीले पनि विश्वासको मत दिन लागेको भन्दै प्रतिनिधिसभा सदस्य बैठक हलबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावको पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गर्दै नेपाल पक्षका सांसदहरु संसद भवन परिसरबाट बाहिरिएका हुन्।

नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, झपट रावल, सोमबहादुर पाण्डेलगायत सांसदहरु संसद भवनबाट बाहिरिएका हुन्।

सांसद यज्ञराज सुनुवारले पार्टी एकता कायम होस भनेर केही सांसद बाहिरिएको बताएका छन् । मत नदिने भन्दै नेपाल पक्षका १५ सांसदहरु प्रतिनिधि सभा बैठकबाट बाहिरिएका हुन् ।