नेपाल समूहका चार प्रभावशाली नेताले देउवालाई विश्वासको मत नदिने
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहका चार प्रभावशाली नेताहरूएल प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । नेता नेपाललाई साथ् दिंदै आएका चार नेताले पार्टी एकता जोगाउने भन्दै विश्वासको मत नदिने भएका हुन् ।
प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकै सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईले विश्वासको मत नदिने भएका हुन् । नेपाल पक्षका यी सांसदहरू तटस्थ बस्ने भएपनि अन्य सांसदहरूले भने मत दिने बताइएको छ ।
उनीहरूले पार्टी एकतालाई जोगाउन विश्वासको मतको पक्ष र विपक्षमा कतै नउभिने निर्णयमा पुगेको बताएका छन् । यसअघि माधव नेपाल पक्षीय नेताहरूको बैठकमा भीम रावलले देउवाको विपक्षमा मतदान गर्न प्रस्ताव राखेका थिए । तर, नेता घनश्याम भुसालले त्यसो गर्न नहुने बताएपछि रावलले सांसद पदबाटै राजीनामा दिएको समेत बर्ताइएको छ ।
संसदमा विश्वासको मत लिने प्रक्रिया चलिरहेका बेला नेपाल पक्षका नेताहरूले देउवाको पक्षमा मतदान गर्ने कि तटस्थ बस्ने भन्नेबारे छलफल गरेका थिए । यस क्रममा स्थायी कमिटीका नेता योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले पार्टी एकता बचाउनका लागि तटस्थ बस्ने निर्णय गरेको बताइएको छ ।