के हो भीम रावलले सांसदबाट राजीनामा दिनुको रहस्य ? - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

के हो भीम रावलले सांसदबाट राजीनामा दिनुको रहस्य ?



काठमाडौं- पछिल्लो समय एमालेका वरिष्ठ नेता माधव नेपालको साथ छाडेर ओली समुहमा लागेको भनिएका एमाले उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट एकाएक राजीनामा दिएका छन्।

कतिपय संचारमाध्यमले रावलले विदेशी गुप्तचर संस्थाका प्रतिनिधिसंग भेटघाट गरिरहेको समेत चर्चा गरेका थिए । नेपाल समूह छाडेको चर्चापछी विवादित बनेका रावल पछिल्लो समय संकटमा देखिएका थिए ।

पहिला कट्टर रूपमा ओलीको विरुद्धमा उभिएर ओलीसंग कुनै पनि हालतमा पार्टी एकता गर्न नहुने बताएका रावल एकाएक ओली नजिक बन्नुलाई अर्थपूर्ण मानिएको थियो ।

राजिनामा दिएपछि भने उनले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी एकता गर्न बनाइएको कार्यदलको १० बुँदे सहमति कार्यान्वयन गर्न उनी लागिपरेका थिए।

तर आफ्नै पक्षबाट असहयोग पाएको भन्दै उनी रुष्ट देखिएका थिए। संसदमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन्। पार्टीको निर्णयबमोजिम देउवालाई विश्वासको मत दिनुभन्दा उनले राजीनामा उपयुक्त देखेको बताएका हुन्।

तर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै हस्ताक्षर गरेर अदालतसम्म उपस्थित भएका रावलले एकाएक राजिनामा दिनुलाई रहस्यमय मानिएको छ ।