नेपाल समूहले देउवालाई विश्वासको मत दिने - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

नेपाल समूहले देउवालाई विश्वासको मत दिने



काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । नेपाल समुहका सांसदहरूले शेरबहादुर देउवालाई मत दिने पक्का भएको एक नेताले बताए ।

यसबारेमा पार्टीले कुनै संस्थागत निर्णय गर्नु नपर्ने भन्दै ति नेताले भने’ ‘हामीलाई त सर्वोच्च अदालतले नै मत दिन बाटो खोलिदिएको छ। त्यसैले पनि हामीले मत दिनुपर्छ ।’

उनीहरुले यसबारेमा पार्टीले निर्णय गर्नैनपर्ने बताएका छन् । प्रधानमन्त्री देउवालाई मत दिने बिषयमा कुनै बिमति नभएको पनि ति नेताले बताए । पुरै समय संसद रहनुपर्छ भनेर संसद बचाउन अदालतसम्म पुगेको बताउँदै उनले संसद बचाउनकै लागि पनि आफूहरू विश्वासको मतको पक्षमा उभिने ति नेताले बताए।

नेपाल समूहका २३ सांसदसहित १४६ जना सांसदले सर्वोच्च अदालत उपस्थित भएर संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरेका थिए ।

जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहमा पुगेका महन्थ ठाकुर पक्षका सांसदले पक्षमा मतदान गरेमा नेपाल समूहमा रहेका कम्तिमा ८ सांसदले मत दिए पनि देउवाको पक्षमा बहुमत पुग्ने अनुमान कांग्रेसले गरेको छ ।