आज जसपाको छिनोफानो: उपेन्द्र समूह बहुमत लिएर निर्वाचन आयोग जाँदै - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

आज जसपाको छिनोफानो: उपेन्द्र समूह बहुमत लिएर निर्वाचन आयोग जाँदै



काठमाडौं–जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धि बिषय निर्वाचन आयोगले टुंग्याउने तयारी गरेको छ । आधिकारिकताको दाबी गर्दै अध्यक्ष यादवले आयोगमा पेश गरेको निवदेनमाथि आइतबारदेखि सुनुवाइ सुरू हुँदैछ।

निर्वाचन आयोगमा दुवै पक्ष आधिकारिकता दाबी गर्दै आज उपस्थित हुने भएका छन्। जसपाका उपेन्द्र यादव–बाबुराम भट्टराई र महन्थ ठाकुर–राजेन्द्र महतो आइतबार आयोग जान लागेका हुन्।

यादव नेतृत्वको जसपाको केन्द्रीय कार्यकारिणी सदस्यहरु बिहान ११ बजे आयोगमा सशरीर उपस्थित हुने भएका छन्। यस्तै, ठाकुर पक्षको जसपा केन्द्रीय कार्यकारिणी सदस्यहरुको शनिबार बसेको बैठकले जसपाको आधिकारिकता आफूहरुले पाउने निस्कर्ष निकालेको छ।

केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल गरी दुवै ठाउँमा बहुमत पुगेपछि आफूहरूले आधिकारिकता पाउने दाबी उपेन्द्र पक्षको छ।

उपेन्द्र समुहका एक नेताका अनुसार प्रतिनिधिसभा विघटित भएको अवस्थामा कार्यकारिणी समितिलाई आधार बनाएर आधिकारिकताको दाबी पेश गरिएको र अहिले आफूहरूसंग संसदीय दलमा पनि स्पष्ट बहुमत भएकाले आफ्नो पक्षमा फैसला हुनेमा ढुक्क छन् ।