यस्तो छ आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूची - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

यस्तो छ आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूची



काठमाडौं- पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनर्स्थापित गरिदिएको थियो ।

आजको बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । संसदको यही अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेछन् ।