उज्वल थापाको उपचार खर्च कति ?, मिलन पाण्डेले दिए ६८ लाखको विवरण - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

उज्वल थापाको उपचार खर्च कति ?, मिलन पाण्डेले दिए ६८ लाखको विवरण



काठमाडौं- विवेकशील नेपाली दलका संस्थापक तथा अभियन्ता उज्वल थापाको उपचार खर्च सार्वजनिक गरिएको छ । थापाको उपचारका लागि उठेको सहयोग रकमको विवरण विवेकशील साझाका संयोजक मिलन पाण्डेले सार्वजनिक गरेका हुन् ।

सामाजिक संजालमार्फत पाण्डेले उपचारका लागि करिब ६८ लाख उठेकोमा २५ लाख खर्च भएको जानकारी दिएका छन् ।

२८ सय जनाबाट उठेको रकम करिब ६८ लाखको हिसाब पाण्डेले सार्वजणिक गरेका छन् । सार्वजनिक गरिएको विवरणमा करिब २५ लाख उपचारमा खर्च भएको देखाइएको छ भने बाँकी रकम कोरोना न्यूनीकरणका लागि काम गर्ने संघ संस्थाहरूलाई प्रदान गरिएको छ ।

कोरोना संक्रमण भई मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका थापाको उपचारको लागि देश तथा विदेशबाट सहयोग उठेको थियो ।

यस्तो छ मिलन पाण्डेले सार्वजनिक गरेको विवरण:

उज्वल थापाको उपचारमा उठेको रकमको पारदर्शिता रिपोर्ट-

  • जम्मा सहयोग गर्ने व्यक्तिहरू- करिब २,८०० जना
  • प्राप्त सबैभन्दा कम सहयोग- रू १०
  • प्राप्त सबैभन्दा बढी रकम सहयोग- रू १,१०,३४५
  • जम्मा सहयोग आएको रकम- रु ६७,८३,४८५.३४ ( अक्षरेपी सतसठ्ठी लाख त्रियासी हजार चार सय पचासी रुपैयाँ चौंतीस पैसा )
  • प्रत्यक्ष उपचार तथा अन्य खर्चहरू जोड्दा कुल खर्च- रु २५,३१,२८३.६२ ( अक्षरेपी पच्चीस लाख एकतिस हजार दुई सय त्रियासी रुपैयाँ बैसठ्ठी पैसा )
  • बाकी रकम- रु ४२,५२,२०१.७२ ( अक्षरेपी बयालीस लाख बाउन्न हजार दुई सय एक रुपैयाँ बहत्तर पैसा )
  • उक्त पैसालाई दाताहरूलाई फिर्ता गर्न व्यवस्थापनको दृष्टिकोणले असम्भवप्राय: देखिएकाले परिवार तथा साथी र शुभेच्छुकहरूको छलफलले कोभिडको महामारीमा चिकित्सकीय तथा जीविकोपार्जन समस्या भोगिरहेकाहरूलाई सहयोग गरिरहेका संस्थाहरूलाई प्रदान गर्नु उचित हुने निष्कर्ष
  • सुचिकृत ४१ संस्थाबाट लामो प्रक्रिया ( प्रक्रिया तलको रिपोर्टमा छ ) मार्फत सातओटा संस्थाहरूलाई प्रदान
  • ती सात‌ओटा संस्थाहरू र उनीहरूलाई प्रदान गरिएको रकम यसप्रकार रहेको छ:
  • भोरे नेपाल, सर्लाही (रु २,५०,०००);
  • हार्टबिट, काठमाडौँ (रु २,००,०००);
  • मधेश ह्युमन राइट्स होम, कपिलवस्तु (रु २,०२,२०१.७२);
  • नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, काठमाडौँ (रु ५,००,०००);
  • राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौँ (रु १५,००,०००); ‌
  • ओडा फाउन्डेसन, कालिकोट (रु १०,००,०००);
  • सानो पाइला, वीरगन्ज (रु ६,००,०००)
  • उज्वल थापा दाइको परिवार तथा साथी र शुभेच्छुकहरूको तर्फबाट सबैलाई धेरै धेरै धन्यवाद।