महन्थको कन्तबिजोग: आफ्नै सांसदहरूले गर्नथाले बहिस्कार - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

महन्थको कन्तबिजोग: आफ्नै सांसदहरूले गर्नथाले बहिस्कार



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर झनै संकटमा परेका छन् । केपी ओली सरकारमा सहभागी भएदेखि सुरू भएको महन्थको तनावको यात्रा क=झनै गम्भीर मोडमा पुगेको हो ।

शुक्रबार महाण्ठले बोलाएको संसदीय दलको बैठक बोलाएका थिए । तर उक्त बैठक उनी निकट सांसहरूले नै बहिस्कार गरेकाक छन् । महन्थ निकट भनिएका ६ सांसदले बैठकमा उपस्थित नभई बहिस्कार गरेका छन्।

यसअघि ठाकुरसँग २० जना सांसद रहेको बताइए पनि यो संख्या निरन्तर घट्दै गएको छ । ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या एकाएक घटना थालेको हो ।

ठाकुरले बोलाएको उक्त बैठक उनी निकट मानिएका राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल अनुपस्थित रहेर बहिस्कार गरेका छन्। बैठकमै उपस्थित भएकामध्ये पनि कतिपयले उपेन्द्र यादवसँग सम्झौता गरिसकेको चर्चा छ।

बैठकमा सहभागी नभएकामध्ये प्रमोद साह, अमृता अग्रहरी र रानी मण्डलले कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा गैसकेका छन् । केपी ओली सरकारमा मन्त्री नबनायएकाले साह, अग्रहरी र मण्डल अध्यक्ष ठाकुर र राजेन्द्र महतोसँग असन्तुष्ट थिए ।