प्रदेश २ मा भागबण्डा मिल्यो: माओेवादी दुई मन्त्रीसहित सरकारमा - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

प्रदेश २ मा भागबण्डा मिल्यो: माओेवादी दुई मन्त्रीसहित सरकारमा



जनकपुरधाम- लामो कसरतपछि प्रदेश २ को सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । पहिले नै सरकारमा सहभागी हुने भनिएको माओवादी केन्द्र भागबण्डा नमिलेको कारण अन्तिम समयमा पछाडी हटेको थियो ।

नयाँ सहमति अनुसार १ मन्त्री र १ राज्यमन्त्रीसहित माओवादी सरकारमा सहभागी हुन लागेको बताएको छ । माओवादी केन्द्र प्रदेश २ संसदीय दलका नेता भरत साहका अनुसार शनिबार ३ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ।

माओवादीको तर्फबाट मन्त्रीको रुपमा भरतप्रसाद साह मन्त्री र राज्यमन्त्रीको रुपमा रुवी कर्णले शपथ लिने तय भएको छ। अर्थ, आन्तरिक मामिला तथा कानूनलाई फुटाएर वा कृषि मन्त्रालयमध्ये कुनै १ मन्त्रालय माओवादी केन्द्रलाई दिइने सहमति बनेको बताइएको छ ।