नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकमा उपस्थित
काठमाडौं-नेकपा (एमाले)को स्थायी कमिटी बैठक ललितपुरमा सुरू भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसिरहेको छ ।
बैठकमा सहभागी नहुने बताएको माधव नेपाल पक्षका नेता भीम रावलसहित कार्यदलका सदस्य भने बैठकस्थलमा पुगेका छन्। नेपाल पक्षधर दोस्रो तहका नेताहरू स्थायी कमिटी बैठकमा पुगेका हुन् ।
उनीहरू केहीबेर अगाडी तुल्सीलाल स्मृति भवनमा पुगेका हुन् । बैठकमा सहभागी हुनु भन्दा पनि आफ्ना कुरा राख्न आएको स्थायी कमिटी सदस्य घनश्याम भुसालले बताए ।
वार्ता टोली संयोजक भीम रावलसहितका नेताहरु पार्टी बैठक चलिरहेका बेला त्यहाँ पुगेका छन् । भीम रावल,सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठकस्थलमा पुगेका छन् ।