ओलीप्रति बाबुरामको कटाक्ष: 'खसीको टाउको काटेपछि पुच्छर फिटीफिटी' - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

ओलीप्रति बाबुरामको कटाक्ष: ‘खसीको टाउको काटेपछि पुच्छर फिटीफिटी’



काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समूहलाई हिटलरसंग तुलना गरेका छन् । उनले ओली समूहविरुद्ध कडा कटाक्ष गर्दै उनको अन्त्य राम्रो नहुने बताएका छन् ।

आफू सत्ताको नेतृत्वनमा नरहे आकाशै खस्छजस्तो गर्ने ओली प्रवृत्ति हिटलरी तानाशाहसँग मिल्दोजुल्दो भएको उनले बताएका छन् । त्यतिमात्रै होइन खसीको टाउको काटेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्ने भन्दै अहिले ओली समूह फिटीफिटी गरिरहेको टिप्पणी गरेका छन् ।

ओली सत्ताच्युत भइसकेपछि सडकमा प्रदर्शन तथा लुम्बिनी प्रदेशमा गरिएको संसद् अधिवेशन अन्त्य– खसीको टाउको छिनाली सकेपछि केही बेर पुच्छर फिटीफिटी गरेजस्तै भएको टिप्पणी डा. भट्टराईले गरेका हुन्।

‘खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ,’ विपक्षी गठबन्धनमा आबद्ध डा. भट्टराईले शुक्रबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन्, ‘ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ।’

आफू सत्ताको नेतृत्वनमा नरहे आकाशै खस्छजस्तो गर्ने ओली प्रवृत्ति हिटलरी तानाशाहसँग मिल्दोजुल्दो भएको आक्रोश पनि उनले पोखे । उनले भनेका छन्, ‘आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओली प्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसँग मिल्दोजुल्दो छ, जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो।!