प्रधानमन्त्री देउवा आज बालुवाटार सर्ने - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्ने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभ साईतमा बालुवाटार सर्न लागेका छन् ।

गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बूढानिलकण्ठबाट आज बालुवाटार सर्ने भएका हुन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार बालुवाटार छाडेका थिए । ओली निजी निवास बालकोटमा बसोबास गर्न थालेका छन् ।