आफ्नैले साथ छाडेपछि मुख्यमन्त्री शंकर पोखरेलले गरे तमासा - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

आफ्नैले साथ छाडेपछि मुख्यमन्त्री शंकर पोखरेलले गरे तमासा



काठमाडौं- लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले अल्पमतमा परेपछि तमासा गरेका छन् । बिहिबार आफ्नै सांसदहरूले साथ् नदिएर बजेट फेल हुने पक्का भएपछि संसद छोडेर भागेका पोखरेलले प्रदेश सभाको आठौं अधिवेशन मध्यरातमा अन्त्यगरेका छन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजेदेखि प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवि पौडेलले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम गएराति १२ बजेदेखि अधिवेशन अन्त्य भएको जानकारी विज्ञप्तिमार्फत् दिनु भएको छ ।

यसअघि हिजो आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गर्न निर्णायार्थ पेश गर्नु पहिले सत्तापक्षका सांसदहरू प्रदेश सभा बैठक बहिस्कार गरेका थिए ।बजेटमाथि प्रदेश सभा सदस्यहरूले राखेका प्रश्नको विभागीय मन्त्री र मुख्यमन्त्रीले जवाफ दिएपछि बजेट पास गर्ने समयमा विपक्षी दलका सांसदहरूले बहुमत नभएकोले बजेट पास नहुने बताएका थिए ।

बजेटमाथि छलफल गरेर सहमति जुटाउन एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समय माग गरे पनि सभामुखले समय उपलब्ध नगराएपछि एमालेका सांसदहरू प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।

हाल ८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जनता समाजवादी दलको महन्थ ठाकुर पक्षका ३ जना गरी ४१ जना सांसद छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १७, जसपा उपेन्द्र यादव पक्षका ३ जना, राष्ट्रिय जनमोर्चाका १ र एमालेबाट निर्वाचित बिमला वली गरी ४१ जना नै सांसद छन् ।