ओलीले डाके स्थायी कमिटी र संसदीय दलको बैठक: महत्वपूर्ण निर्णय गर्ने संकेत
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक डाकेका छन् । एमालेको सरकार ढलेपछि ओलीले पहिलो पटक पार्टीको बैठक बोलाएका हुन् ।
ओलीले भोलि (शुक्रबार) बिहान ११ बजे ग्वार्कोस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बोलाइएका छन् । ओलीले शुक्रबार नै एमाले संसदीय दलको बैठक पनि बोलाएका छन् ।
दिउँसो ३ बजेका लागि बोलाइएको संसदीय दलको बैठकअघि स्थायी कमिटीको बैठक बोलाइएको हो । भोलीको बैठकमा एमालेले महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।