ओलीले घरको छतबाट भने: सर्वोच्चले दुनियाँमै नभएको जात्रा देखायो - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

ओलीले घरको छतबाट भने: सर्वोच्चले दुनियाँमै नभएको जात्रा देखायो



काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले विश्वमै नभएको जात्रा देखाएको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्रीबाट पदच्युत गरेपछि बालुवाटार छाडेर बालकोट पुगेर ओलीले जनतामा जान नदिनका लागि अदालतले असंवैधानिक फैसला गरेको आरोप लगाएका हुन्।

सर्वोच्चको फैसलापछि बुधबार भक्तपुरको बालकोटस्थित आफ्नो निजी निवास पुगेका ओलीले राजनीतिक दल र नेताको मूल्याङ्कन गर्न पाउने जनताको अधिकारी अदालतले खोसेको आरोप पनि लगाए।

घरको छतबाट कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भने– ‘अदालतले हामीलाई जनतामा जान नदिन असंवैधानिक फैसला गर्‍यो। नेताको, सरकारको मूल्याङ्कन गर्न पाउने जनताको अधिकार खोसेर, अदालतबाट प्रधानमन्त्री चुन्ने विश्वमा कहिँ नभएको जात्रा भयो।’