गृहमन्त्री खाँणले पदभार ग्रहण लगत्तै सुरक्षा प्रमुखहरूसँग छलफल गर्ने
काठमाडौं- नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आज बुधबार पदभार ग्रहण गर्ने भएका छन् । पदभार ग्रहणसँगै खाँणले आजै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नेछन ।
मंगलबार गृहमन्त्री नियुक्त भएका खाँणले बुधबार बिहान साढे १० बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर पदभार ग्रहग गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
पदभार ग्रहणपछि मन्त्रालयबारे जानकारी लिने र सुरक्षा प्रमुखहरूसँग सुरक्षाबारे जानकारी लिने कार्यक्रम रहेको बताइएको छ ।