राष्ट्रपतिलाई विश्वप्रकाशले भने: पत्र मात्रै होइन, प्रवृत्ति सच्चाउनुहोस्
काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति भण्डारीको प्रवृत्ति नसच्चिएको संकेत गर्दै नियत सच्चाउन आग्रह गरेका छन् ।
शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरेको पत्रमा शाब्दिक जालझेल गरेको भन्दै शर्माले पप्रवृत्ति नसुध्रिएको संकेत गरेका हुन् । सामाजिक संजाल ट्वीटरमा राष्ट्रपतिले नियुक्ति गरेको पत्र शेयर गर्दै शर्माले थोरै सच्चिएरै सहकार्य गर्न आग्रह गरेका छन् ।
शर्माले सर्वोच्च अदालतले सरकार मात्रै बदल्न आदेश नदिएको संरक्षकलाई पनि सच्चिन आदेश दिएको बताएका छन् ।
उनले लेखेका छन्, ‘अब थोरै सच्चिएरै सहकार्य गरौं सम्माननिय रास्ट्रपतिज्यु l ‘पत्र सच्चिने’ को कुरा मात्रै होइन प्रवृत्ति सच्चिने प्रधान कुरा हो !
सर्वोच्च फैसलाले ‘सरकार बदल्न’ मात्र होइन, यहाँ ‘संरक्षकलाई बदलिन’ समेत आदेश दिएको बिषयलाई विनम्रसँग आत्मसात गरौं। जय नेपाल ।