ओलीले भने: हामीले ल्याएको खोपमा भोलिदेखि तमासा गर्नेछन् - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

ओलीले भने: हामीले ल्याएको खोपमा भोलिदेखि तमासा गर्नेछन्



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सबै जनताको लागि कोभिडविरुद्धको खोपको सुनिश्चितता गरेको बताएका छन् ।

देशवासीको नाममा सम्बोधन गर्दै ओलीले भने, ‘मलाई थाहा छ । भरे वा भोलि बिहानबाट हामीले ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो खिचेर अघिल्लो सरकार गयो, हामीले खोप दिन थाल्यौं भनेर तमासा सुरु हुनेछ ।’

ओलीले अहिलेसम्म एक करोड ३१ लाख डोज खोपको सुनिश्चितता भइसकेको र २ करोड डोज खोप खरिद प्रक्रियामा रहेको दाबी पनि गरे ।

उनले देशमा अब कोभिडविरुद्धको खोपको अभाव नहुने पनि बताए ।