नैतिक संकटमा परेपछि रमेश बडालले दिए राजीनामा
काठमाडौं- महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नैतिक संकटमा परेका महान्यायाधिवक्ता बडालले राजिनामा दिएका हुन् ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि सरकारको कदमको बचाउ गरिरहेका बडालमाथि नैतिक संकट थपिएको थियो ।