मन्त्रालय र मन्त्रीको टुंगो लगाउन देउवा प्रचण्ड छलफलमा
काठमाडौँ – नयाँ बन्ने सरकारका लागि मन्त्रालय र मन्त्रीहरूको टुंगो लगाउन कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच केहीबेरमा छलफल हुने भएको छ ।
पार्टीको स्थायी कमिटी बैठक सकेर दाहाल देउवालाई भेट्न बुढानीलकण्ठ जाने तयारी गरेका हुन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठक भरखरै सकिएको छ ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले देउवा र दाहालबीच मन्त्रालय बाँडफाँटलगायत समसायीक विषयमा कुरा हुने जानकारी दिए । देउवा आज प्रधानमन्त्री बन्दै छन् ।
देउवाले आज सानो आकारको मन्त्रीमण्डल बनाउन लागेका छन् । सोमबारमात्रै सर्वाेच्च अदालतले संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । देउवाका सहयोगी भानु देउवाले पनि दाहाल बुढानीलकण्ठ आउने जानकारी प्राप्त भएको बताए ।