गृहमन्त्रीमा बालकृष्ण खाँण - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

गृहमन्त्रीमा बालकृष्ण खाँण



काठमाडौं- नेपाली कांग्रेसबाट नेता बालकृष्ण खाँण मन्त्री बन्ने पक्का भएको छ । नयाँ सरकार गठनसँगै खाँण मन्त्री बन्ने पक्का भएको काङ्ग्रेसका एक नेताले बताए ।

सभापति शेरबहादुर देउवाको बिश्वासपात्र भएकै कारण पनि उनलाई मन्त्री बनाउने तयारी देउवाले गरेको उनले बताए । सम्भवत खाँण गृहमन्त्री बन्ने बताइएको छ ।

अहिले कुन मन्त्रालय भन्ने टुंगो नलागेपनि देउवाले उनलाई गृहमा लैजाने रुचि देखाएका छन् । ती नेताको जानकारी अनुसार पार्टी सभापति देउवासँगको छलफलपछि खाँणलाई मन्त्री बनाउने तयारी गरिएको हो ।

यो सरकारले चुनाव गराउने भएकाले पनि देउवाले बिश्वासपात्रहरूलाई सरकारमा लैजाने तयारी गरेका छन् ।

अन्य मन्त्रीको टुङ्गो भने गठबन्धनसँगको छलफलपछि लाग्ने ती सदस्यको भनाइ छ ।