ओलीले आज बालुवाटार नछाड्ने, साइत जुरेन - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

ओलीले आज बालुवाटार नछाड्ने, साइत जुरेन



काठमाडौं- सत्ताच्युत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास बालुवाटार नछाड्ने भएका छन् । उनको निजि सचिवालयका अनुसार आज साइत नमिलेकाले भोलि मात्रै बालकोट फर्किने भएका हुन् ।

प्रधानमन्त्री ओलीले आज नै बालुवाटार छोडेर बालकोट जाने चर्चा चलिरहेका बेला साइत नजुरेपछि आज नसर्ने भएका हुन् । नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ती र शपथको तयारी भइरहेको बेला प्रधानमन्त्री ओली भोलिमात्रै बालकोट जाने स्वकीय सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार साइत हेरेर भोलि बिहान ११ बजे प्रधानमन्त्री ओली बालकोट सर्नेछन्।

झण्डै साढे तीन वर्ष सरकारी निवास बालुवाटार बसेका ओलीलाई सर्वोच्च अदालतले पदमुक्त गर्ने फैसला गरेकाे हो।