सर्वोच्चको फैसलापछि ओलीमाथि अर्को संकट: पार्टी अध्यक्ष छाड्न एमालेबाटै दवाव - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

सर्वोच्चको फैसलापछि ओलीमाथि अर्को संकट: पार्टी अध्यक्ष छाड्न एमालेबाटै दवाव



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि अर्को संकट आइलाग्ने भएको छ । सर्वोच्च अदालतको फैसला लगत्तै उनीमाथि पार्टी अध्यक्षबाट पनि राजिनामा दिनुपर्ने आवाज उठ्न थालेको छ ।

नेकपा एमालेकै नेताहरुले केपी ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएका छन् । यति धेरै अपराध गरेपछि पदमा बस्न मिल्दैन भन्दै उनलाई पदबाट राजिनामा गर्नुपर्ने दावाव बढेको हो ।

एमाले नेता डा. विजय पौडेलले सामाजिक सञ्जालमार्फत ओलीको राजीनामा माग गरेका हुन् ।

“आदरणीय अध्यक्ष केपी शर्मा ओलीज्यू, आफ्ना प्रतिगामी कदमबारे खुलाखुलस्त आत्मालोचना गर्दै अध्यक्ष पदबाट राजीनामा दिएर पार्टी एकतालाई सुदृढ बनाउनुहोस् । यतिका धेरै अपराध गरिसकेपछि अध्यक्षको पदमा बस्न मिल्दैन । आफ्नो वरिपरि भएका ती गलत तत्वहरुको कुरा नसुन्नुहोस् ।”