ओली समुहका कार्यकर्ता र प्रहरीबीच झडप - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

ओली समुहका कार्यकर्ता र प्रहरीबीच झडप



काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई खारेज गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि त्यसको विरोधमा उत्रिएका नेकपा एमाले ओली समुहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

सर्वोच्चको फैसला लगत्तै ओली निकट युवा संघ सडक प्रदर्शनमा उत्रिएर बितण्डा गर्न थालेपछि प्रहरीले अवरोध गरेको थियो । सर्वोच्चको फैसलाको विरोधमा उत्रिएका उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गर्न खोजेका थिए ।

यास गर्दा युवा संघका कार्यकर्ता र प्रहरीबीच केही बेर झडप भएको छ । प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले जबराको पुत्ला दहन गर्ने प्रयास गर्दै ‘चोलेन्द्र शमशेर मुर्दावाद’ को नारा लगाएका थिए ।