सर्वोच्च अदालतमा गोरु ब्यायो : कमल थापा - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सर्वोच्च अदालतमा गोरु ब्यायो : कमल थापा



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएपछि अदालतमा गोरु ब्याएको टिप्पणी गरेका छन्। सोमबार फेसबुकमा स्टाटस लेख्दै थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘वरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटी लिएँ- सर्वोच्च अदालतमा आज गोरु ब्यायो,’ उनले लेखेका छन्।

अध्यक्ष थापाले अदालतलले राजनीतिक फैसला आरोप लगाउँदै कार्यान्वनमा जटिलता आएको बताएका छन्। फैसलले देश अस्थिरतामा फस्ने खतरा रहेको उनको दाबी छ।