१० बुँदे सम्झौताले एमालेमा खैलाबैला - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

१० बुँदे सम्झौताले एमालेमा खैलाबैला



काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति गरेपछि एमालेमा खैलाबैला मच्चिएको छ । सहमतिमा आत्मसमर्पण गरेको भन्दै माधव नेपाल समुहले यो नमान्ने संकेत देखाएको छ भने ओली समुहमा भने खुशियाली छाएको छ।

यस्तैमा नेकपा एमालेमा नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीले कार्यदलस्तरमा भएको १० बुँदे सहमतिका सन्दर्भमा भ्रममा नपर्न र स्वागत गर्न पनि नहतारिन आग्रह गरेकी छन् ।

सोमबार फेसबुकमार्फत टिप्पणी गर्दै उनले आफूहरुको टिमको केन्द्रीय कमिटी बैठक बसेर १० बुँदे सम्झौताबारे संस्थागत धारणा आउने बताइन् ।

स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी १० बुँदे सम्झौता कार्यान्वयन योग्य नहुने बैठकमा जाने कुरा पनि नहुने उनले प्रस्ट पारेकी छन् ।

‘अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता लिइने छैन, लिने कुरै आउँदैन,’ उनले भनेकी छन्, ‘भ्रममा नपरौँ, स्वागत गर्न हतार नगरौं । निराश पनि नबनौं । राजनीति हो, यसले बाटो लिन्छ । उज्यालो पहिल्याउन सकिन्छ ।’

उनले लेखेकी छन्:

१) हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुदे संझौताबारे संस्थागत धारणा आउने छ।
२) स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो संझौता कार्यान्वयन योग्य हुदैन। बैठक जाने कुरा हुन्न।
३) अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिईने छैन। लिने कुरै आउँदैन।
४) भ्रममा नपरौ, स्वागत गर्न हतार नगरौँ। निरास पनि नबनौँ। राजनिती हो यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ।