एमाले सहमति: जेठ ३ का केन्द्रीय सदस्य यथावत, पूर्वमाओवादी नेतालाई नेकपाकै हैसियत
काठमाडौं- नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ । आइतबार करिब १३ घण्टाअघि बसेको कार्यदलको बैठकले पार्टी एकताका लागि भन्दै १० बुँदे सहमति गरेको छ ।
एकता कार्यदलले पार्टीलाई सर्तसहित २०७५ जेठ २ को अवस्थामा फर्काउने सहमति गरेको छ। त्यस्तै पार्टीका सम्पूर्ण संरचनाहरू पूर्ववत अवास्थामा फर्किने सहमतिमा जनाइएको छ ।
आइतबार राति सिंहदरबारमा भएको कार्यदलस्तरीय सहमतिअनुसार २०७५ जेठ ३ गते माओवादीसँग एकता हुँदा थपिएका केन्द्रीय सदस्यहरु यथावत रहनेछन्।
त्यस्तै, माओवादीबाट आएका नेताहरुलाई साविकको नेकपासरहको कमिटीमा राखिने सहमति भएको छ।
यस्ता छन् सहमतिका १० बुँदा