ओली र नेपाल समूहबीच मध्यरातमा सहमति: यस्ता छन् सहमतिका १० बुँदा - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

ओली र नेपाल समूहबीच मध्यरातमा सहमति: यस्ता छन् सहमतिका १० बुँदा



काठमाडौं- नेकपा (एमाले) एकता कार्यदलले १० बुँदे सहमति गरेको छ ।

आइतबार तेह्र घन्टा लामो बैठकपछि सहमतिबारे जानकारी दिँदै नेता भीम रावलले भने- ‘एकताबद्ध हुँदै अगाडि बढ्ने सहमति भएको छ।’ कार्यदलका सदस्यहरुबीच १० बुँदे सहमति भएको हो।

नेताहरुले यी सहमति नेताद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाउनेछन्। एमालेका सचिव प्रदीप ज्ञवालीले १० बुँदे प्रस्ताव सञ्चारकर्मीहरुलाई सुनाए।

दस बुँदे प्रस्तावमा एकता कमजोर भएको उल्लेख गर्दै यस्तो स्थितिको अन्त्य गर्न एकताको रक्षा र विकास र सुदृढीकरणका लागि निर्णय गरिएको उल्लेख छ।

ज्ञवालीका अनुसार पार्टीलाई २०७५ जेठ ३ गतेको केन्द्रीय कमिटीको पुर्नगठन गर्ने, सर्वोच्चको फैसला अनुसार त्यसपछि भएका पार्टीका कामकारवाही बदर, नेकपामा रहँदा स्थायी र केन्द्रीय कमिटीमा रहेकालाई नेताको जिम्मेवारीलाई यथावत राख्ने, महत्वपूर्ण योगदान गर्नेलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने, पार्टी एकताको मर्म र भावना अनुसार अगाडि बढ्ने सहमति कार्यदलले गरेको हो ।

त्यसैगरी कार्यदलले सदस्यता नविकरणका लागि कार्यदल गठनको निर्णयसमेत गरेको छ । सबै निर्णय अनुमोदनका लागि लगिने प्रवक्ता ज्ञवालीले बताएका छन् ।

यस्तो छ सहमति