निर्वाचन आयोगले भन्यो: माओवादी केन्द्र बैधानिक छ, खारेज हुँदैन - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

निर्वाचन आयोगले भन्यो: माओवादी केन्द्र बैधानिक छ, खारेज हुँदैन



काठमाडौं – नेकपा (माओवादी केन्द्र) विघटन गर्नुपर्ने माग गरी दर्ता भएको निवेदन निर्वाचन आयोगले खारेज गरेको छ ।

माओवादी केन्द्रविरुद्ध परेको निवेदनमाथि आइतबार निर्वाचन आयोगले छानविन गरेको हो। माओवादी विघटन गर्नुपर्ने माग गरी दर्ता भएको निवेदन खारेज गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।  “माओवादी केन्द्र वैधानिक रहेको आयोगले ठहर गरेको छ। यसविरुद्ध परेको विनेदन खारेज भएको छ,” आयोगका प्रवक्ता श्रेष्ठले भने।

नेकपा (एमाले)मा प्रवेश गरेका पूर्वमाओवादी नेताहरूतर्फबाट अधिवक्ता सरोज बुढाथोकीले माओवादीविरुद्ध आयोगमा निवेदन दिएका थिए। उनले पुष्पकमल दाहाल  नेतृत्वको नेकपा (माओवादी केन्द्र)को वैधानिकतामा प्रश्न उठाउदै खारेज गर्न माग गरेका थिए।

आयोगमा निवेदन परेपछि पूर्वमाओवादी नेताहरू पनि आयोग पुगेका थिए। टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीले आयोग पुगेर निवेदनमाथि छानविन गर्न माग गरेका थिए।

नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा माओवादी केन्द्र वैधानिक रहेको आयोगले ठहर गरेको प्रवक्ता श्रेष्ठले बताए।