सर्वोच्चको फैसलापछि मात्र एमाले एकता हुने - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

सर्वोच्चको फैसलापछि मात्र एमाले एकता हुने



काठमाडौं–नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले विवाद समाधानको निर्णय प्रतिनिधिसभा विघटनका बारेमा सर्वोच्चले दिने फैसलापछिमात्र आउने बताएका छन्।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले पार्टी विवाद समाधानबारे भने, ‘आजै खुसीको खबरको रुपमा आउँदैछ भन्ने थियो। तर मैले धेरै पहिला भनेको थिएँ त्यो सर्वोच्चको निर्णयपछि आउँछ भनेको थिएँ, त्यही होलाजस्तो छ।’

उनले पहिले नेकपा विभाजनका बेला आफू कुनै समूहमा नभएको र एमाले पुनःस्थापनापछि पनि कुनै समूहमा नरहेको उल्लेख गरे।

‘अध्यक्षले जेठ २ मा फर्केको भनेपछि बोलाइएको बैठकमा भाग लिन गएँ, तर धेरैले वामदेव केपीतिर गएको भने, म कुनैतर्फको होइन, म एमाले भएको प्रमाण पेश गर्न गएको थिएँ,कतिपयले आफ्नो समूहमा दुःख प्रस्ताव गरेको सुनेँ,’ उनले भने।